काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिलेसम्मकै खराब ब्याटिङ गरेको कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ। कर्णालीलाई शुक्रबार भएको खेलमा प्रदेश १ ले १८१ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको प्रदेश १ ले ८ विकेटको क्षतिमा २ सय २८ रन जोड्यो। प्रदेश १ का लागि सिद्धान्त लोहनीले ६३ रन जोडे। उनले ९० बलमा ७ चौका हिर्काए। फिर्दोस अन्सारीले नटआउट ४५ रन जोडे भने सनी पुनले ३४ रनको योगदान दिए। बलिङमा कर्णालीका प्रकास जैसी, ललित प्याकुरेल र दिवस पुनले २–२ विकेट लिए।
२ सय २९ रनको लक्ष्य पछ्याएको २०.१ ओभरमा कर्णाली ४७ रनमा अलआउट भयो। यो स्कोर प्रधानमन्त्री कपको अहिलेसम्मकै कम स्कोर हो। निश्चल रावलले १७ रन जोड्दा अन्य ब्याट्सम्यान रन नै जोड्न नपाइ आउट भए। योसँगै कर्णाली चारै खेलमा पराजित भयो। प्रदेश १ ले भने पहिलो जित हात पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।