काठमाडौं- चालु आर्थिक वर्षमा बेरोजगार युवालाई ३० दिनको रोजगारी उपलब्ध गराउने सरकारको नीति अन्तर्गत आज पहिलो पटक १५० जना श्रमिकले रोजगार पाएका छन्।
गुल्मीको धुर्कोट गाँउपालिकाबाट ३० दिने प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको हो। धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले सडक मर्मत कार्यमा ८१ जनाले रोजगारी पाएका छन्।
त्यस्तै विभिन्न शिक्षण संस्थामा १३ जना, स्वास्थ संस्थाहरुमा ४ जना, कृषि र पशुपालनमा १५, सिँचाइ, कुलो मर्मतमा १५, विद्युत मर्मतमा ७ जना र खानेपानी मर्मतमा १५ जना गरी जम्मा १५० जनाले ३० दिनको रोजगारी पाएका छन्।
.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन १ गते 'प्रधानमन्त्री रोजगार कार्यक्रम' कार्यान्वयनमा ल्याएको घोषणा गरेका थिए। ५ वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अवस्थालाई अन्त्य गर्ने लक्ष्य राख्दै स्वदेशमै रोजगारीका प्रशस्त अवसर सिर्जना गर्ने सरकारले उद्देश्य राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।