काठमाडौं- लोक दोहोरी गायक प्रभावन जे र गायीका गीतादेवीले स्वर दिएको नयाँ लोक दोहोरी गीत 'सपनी' दर्शक तथा श्रोतामाझ आएकोे छ।
गायक प्रभावन जेकै शब्द र संगीत रहेको गीतको भिडियोको निर्देशन पनि उनी आफैंले गरेका छन्। भिडियोमा नविन भट्टले सहायक निर्देशन र सम्पादन गरेका छन्।
प्रज्ञा साउण्ड एचडीमा रेर्कड गरिएको गीतको ध्वनी सम्पादन शम्भु तण्डुकारले गरेका हुन्। म्युजिक भिडियोमा राजाराम गौतम, सानु पाण्डे, भुवन प्रकाश बडु र दिव्यम पौड्यालको अभिनय रहेको छ।
काभ्रेपलाञ्चोकको पर्यटकीय नगरी धुलिखेल, बनेपा र रोशी गाउँपालिकामा म्युजिक भिडियोको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।
गीतको भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।