काठमाडौं–प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका ३६ उम्मेदवार विजयी भएका छन्। पछिल्लो परिणामअनुसार माओवादीका उम्मेदवार मात्रिका यादव र टोपबहादुर रायमाझी विजयी भएका छन्।
उनीहरुको विजयसँगै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादीको विजय यात्रा टुंगिएको छ। प्रतिनिधिसभामा अब नजिता आउन ६ क्षेत्रको मात्र बाँकी छ। त्यहाँ माओवादीका उम्मेदवार प्रतिस्पर्धामा छैनन्।
धनुषा क्षेत्र नम्बर १ बाट मात्रिका यादव २६ हजार ४ सय १६ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार २ सय ८४ मत पाए।
त्यस्तै रायमाझी पनि फराकिलो मतान्तरसहित विजयी भएका छन्। १८ हजार २ सय ९३ मतले उनले कांग्रेसका डा रामबहादुर बिसीलाई पराजित गरे। रायमाझीले ५० हजार ८ सय ३७ मत प्राप्त गरे भने कांग्रेसका उम्मेदवार बिसीले ३२ हजार ५ सय ४४ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।