काठमाडौं– प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १८ प्रतिशत मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगले करिब १९ लाख मत गणना गरिसकेको छ । समानुपातिकतर्फ एक करोड ५ लाख ८७ हजार मत खसेको थियो ।
करिब १९ लाखमध्ये एमालेले सबैभन्दा धेरै ल्याएको छ । उसले ६ लाख ४५ हजार ९ सय ४५ मतसहित अग्रता कायम राखेको छ । कांग्रेले ६ लाख ७ हजार ५ सय ६९ मत ल्याएको छ भने माओवादी केन्द्र २ लाख ७८ हजार २ सय २६ मतका साथ तेस्रोत स्थानमा छ ।
चौथो स्थानका लागि विवेकशिल साझा र राप्रपाको प्रतिस्पर्धा छ । विवेकशिल साझाले ३८ हजार ४ सय ३२ मत ल्याएको छ भने राप्रपाको ३६ हजार ९ सय ७२ मत छ । ३५ हजार ९ सय ९८ सहित संघीय समाजवादी फोरम छैठौं तथा २९ हजार एक सय ७५ मतसहित राजपा नेपाल सातौं स्थानमा छ ।
नयाँ शक्ति नेपालको २५ हजार २ सय ५७, राप्रपा प्रजातान्त्रिकको १३ हजार ९ सय ४८ तथा राष्ट्रिय जनमोर्चाको १२ हजार ७ सय ८४ मत छ ।
समानुपातिकको १८ प्रतिशत गणना सम्पन्न
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।