काठमाडौं– समानुपातिकतर्फको मतगणनामा पनि एमालेले अग्रता कायम छ । पछिल्लो विवरणअनुसार एमालेले६ लाख ८ हजार ५ सय १२ मत ल्याएको छ भने कांग्रेसले उसलाई पछ्याउदै ५ लाख ६६ हजार ६ सय ३१ मत छ । कांग्रेस ४२ हजार मतले पछि छ ।
समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) को २ लाख ६५ हजार ५ सय ३७ मत ल्याएको छ । विवेकशिल साझा पार्टी फेरी चौथो स्थानमा उक्लिएको छ । उसले ३६ हजार २ सय ३६मत ल्याएको छ । राप्रपाको ३५ हजार ५ सय ३५ मत छ ।
त्यस्तै संघीय फोरम नेपालको २८ हजार ८, राजपा नेपालको २७ हजार ५ सय १३, नयाँ शक्ति पार्टी, नेपालको २३ हजार ५ सय ७८ तथा राप्रपा(प्रजातान्त्रिक)को १२ हजार ८ सय ६९ मत छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।