काठमाडौं– संखुवासभाबाट पनि प्रतिनिधिसभामा एमालेका उम्मेदवार विजयी भएका छन् । ११ सय ३० मतान्तरले एमालेका राजेन्द्र गौतम विजयी भएका हुन् ।
उनले ३२ हजार ७ सय ६९ मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेका दिपक खड्काले ३१ हजार ६ सय ३९ मत ल्याए । गौतमको विजयसँगै प्रतिनिधिसभामा एमालेको विजयी संख्या ७६ पुगेको छ । थप ५ क्षेत्रमा एमाले अग्रता लिइरहेको छ । स्याङजाका दुवै क्षेत्र, कैलालीको क्षेत्र नम्बर २ र सुनसरी क्षेत्र नम्बर ३ मा एमालेको अग्रता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।