काठमाडौं– समानुपातिकतर्फको मतगणनामा पनि एमालेले अग्रता बढाउदै
लगेको छ । पछिल्लो विवरणअनुसार एमालेले ५ लाख ८५ हजार ४ सय ८९ मत ल्याएको छ भने कांग्रेसले उसलाई पछ्याउदै ५ लाख ४८ हजार ५ सय ८५ मत छ । यसअघि दुई पार्टीबीच ३५ हजारको अग्रता मतान्तर रहेकोमा पछिल्लो अपडेटमा ३७ हजारले कांग्रेस पछि परेको छ ।
समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) को २ लाख ५९ हजार १ सय ७० मत ल्याएको छ । विवेकशिल साझा पार्टीलाई पछि पार्दै राप्रप्रा चौथो स्थानमा उक्लिएको छ । उसले ३३ हजार ९ सय ५७ मत ल्याएको छ । विवेकशिल ३३ हजार सय ८ सय ८५ मत छ ।
त्यस्तै राजपा नेपालको २७ हजार २ सय ७१, नयाँ शक्ति पार्टी, नेपालको २३ हजार २ सय ६१ तथा राप्रपा९प्रजातान्त्रिक०को १२ हजार ४सय ९४ मत छ । राष्ट्रिय जनमोर्चाको ९ हजार ५ सय ४९ मत ल्याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।