काठमाडौँ- नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको पराजयबारे तत्काल बैठक बोलाएर गहिरो छलफल हुनुपर्ने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता प्रधानले प्रतिनिधि तथा प्रदेशसभामा पार्टीले नराम्रो हार बेहोरेकाले यसको जिम्मा पार्टी नेतृत्वले लिनुपर्ने बताए। 'पार्टीको हारबारे सभापति देउवाज्युले तत्काल बैठक बोलाएर छलफल गरी राजीनामा दिँदा राम्रो हुन्छ,' प्रधानले भने।
उनले नेतृत्वको बोलीमा परिवर्तन हुन नसक्नु, तराईका दललाई मिलाउन नसक्नु, पार्टीका तर्फबाट कुनै पनि नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्न नसक्नुजस्ता कारण पार्टीले पराजय भोग्नुपरेको उनले तर्क दिए।
अर्को प्रसङ्गमा रक्षामन्त्री प्रधानले तराईमा देखिएका समस्या समाधान गरी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गराउनु वर्तमान सरकारको मुख्य सफलता भएको भनाइ राखे।
काठमाडौँ क्षेत्र नं ६ बाट नवनिर्वाचित सांसदसमेत बनेका प्रधानले संसद्मा कांग्रेस सम्मानजनक प्रतिपक्षमा बस्ने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।