काठमाडौं– समानुपातिकतर्फको मतगणनामा पनि एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो विवरणअनुसार एमालेले ५ लाख ४३ हजार ३ सय ३ मत ल्याएको छ भने कांग्रेसले उसलाई पछ्याउदै ५ लाख ८ हजार ९ सय ८१ मत छ।
समानुपातिकतर्फ नेकपा(माओवादी केन्द्र)को मत एमालेको भन्दा आधा छ । माओवादीले २ लाख ३९ हजार १ सय ३ मत ल्याएको छ । चौथो अवस्थामा रहेको विवेकशिल साझा पार्टीको ३० हजार २ सय ३ तथा पाँचौ अवस्थामा रहेको राप्रपाको १९ हजार एक सय ५० मत ।
राजपा नेपालको २२ हजार ८०, नयाँ शक्ति पार्टी, नेपालको २० हजार ८ सय ८७ तथा राप्रपा(प्रजातान्त्रिक)को ११ हजार २ सय ८९ मत छ । राष्ट्रिय जनमोर्चाको ८ हजार ३ सय ३१ तथा हँसिया ताराको ६ हजार ३ सय १ मत ल्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।