काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा केही रोचक पक्ष देखिएका छन्। वाम गठबन्धन, लोकतान्त्रिक र मधेस गठबन्धनमा धुव्रीकरण हुँदै भएको निर्वाचनमा धेरै जनसंख्या भएका जिल्लाका केही उम्मेदवारले ५० हजारभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्।
१ सय ६५ क्षेत्रमा पाँच क्षेत्रका उम्मेदवाहरुले आधा लाख जनताको मत पाएका हुन्। यसरी मत पाउनेमा एमाले अध्यक्ष केपी ओलीसहित एमालेका ४ र माओवादीका एक उम्मेवार छन्।
आधा लाखभन्दा बढी मत ल्याएर जित्ने उम्मेदवारहरु:
१. केपी ओली - झापा ५ (एमाले) - ५७ हजार १ सय ३९
२. सुरेन्द्र पाण्डे - चितवन १(एमाले) - ५१ हजार ८०
३. पार्वत गुरुङ - दोलखा (एमाले) - ५५ हजार ४ सय ५७
४. गोकुल बाँस्कोटा - काभ्रे २ (एमाले) - ५४ हजार ४ सय २७
५. सन्तकुमार थारु - बर्दिया २ (माओवादी केन्द्र) - ५० हजार ५ सय ५५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।