काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालका लागि आज शपथग्रहण गर्दै छन्।
भारतीय समय अनुसार साँझ साढे सात बजे राष्ट्रपति भवनमा हुने सपथ ग्रहण समारोहमा उनीसँग उनको नयाँ मन्त्रिमण्डल सदस्यले पनि सपथ ग्रहणको कार्यक्रम रहेको बताइएको छ।
त्यसअघि मोदीले नयाँ मन्त्रि मण्डलका सदस्यहरुलाई दिउँसो साढे चारबजे भेट्ने छन्।
भारतीय मिडियाहरुले सार्वजनिक गरेका नाम अनुसार मोदीको नयाँ मन्त्रिमण्डलमा अधिकांश पुरानै अनुहार दोहोरिने भएका छन्।
मोदीको नयाँ मन्त्रिमण्डलमा सुषमा स्वराज, रविशंकरप्रसाद, सदानन्द गौडा, पीयूष गोयल, प्रकाश जावेडकर, जी किसन रेड्डी, साध्वी निरञ्जन ज्योति रहने भएका छन्।
यसैगरी पुरुषोत्तम रुपाला, रामविलास पासवान, रमेश पोखरियाल तथा मुख्तार अब्बास नकवी नयाँ मन्त्री बन्ने छन्।
अर्जुन मेघवाल, प्रल्हाद पटेल, बाबुल सुप्रियो, निर्मला सीतारमण, स्मृति इरानी, कैलाश चौधरी, किरण रिजिजू पनि मन्त्री बन्ने भएका छन्।
नितिन गडकरी, किसनपाल गुर्जर, हरसिमरत कौर, थावर चन्द गहलोत, राव इन्द्रजीत सिंह तथा रामदास अठावले पनि मोदी मन्त्रिमण्डलमा आउने समभावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।