काठमाडौं– अभिनेत्री विनिता बरालले सामाजिक सञ्जालमा केही तस्बिरहरू सार्वजनिक गरिन्।
त्यसपछि उनलाई बधाई तथा शुभकामना दिने शुभचिन्तकहरूको ओइरो लाग्यो।
आकर्षक तस्बिरहरूमा उनी बेहुली बनेर सजिएकी थिइन्। तस्बिरमा उनी आफ्नो दुलाहासँग निकै खुसी देखिन्थिन्।
अभिनेत्री विनिता हालै उनको प्रेमी तिलक पौडेलसँग वैवाहिक जीवनमा बाँधिएकी हुन्।
पश्चिम भर्जिनियाको ‘बृन्दावन मन्दिरमा’ उनीहरूले विवाह गरेका हुन्।
तिलक र विनिता केही वर्षयता प्रेम सम्बन्धमा थिए।
दुई वर्षअघि नै आफूहरू छिट्टै बिहे गर्ने विनिताले बताएकी थिइन्।
विवाह हुनुभन्दा अघि उनीहरूले इन्गेज्मेन्ट गरेका थिए।
विनिता फिल्म 'चपली हाइट'बाट चर्चामा आएकी नायिका हुन्।
फिल्म खेल्दाखेल्दै कृषि पेसामा लागेकी उनले 'जुइनो' उपन्याससमेत लेखिन्। त्यसपछि अध्ययनको लागि अमेरिका पुगेकी विनिताको भेट तिलकसँग भयो।
तिलक अहिले अमेरिकामा फिजिक्समा पिएचडी गर्दैछन् भने विनिता अहिले एमबिए सकेर अमेरिकी मोटर कम्पनीमा प्रोजेक्ट म्यानेजर छिन्।
बिहेपछि विनिता र तिलकको सम्बन्धका बारेमा धेरैले चासो राखेका छन्। आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद दिँदै उनीहरूले भनेका छन्, ' हामी एक अर्कालाई बुझ्छौं। विश्वास गर्छौं। हामी निकै खुसी छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।