• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कसले जित्ला एकदिवसीय विश्वकपको उपाधि?

64x64
नेपाल लाइभ बिहीबार, जेठ १६, २०७६  ०६:४५
1140x725

काठमाडौं-  एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ। आयोजक इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकासँग भिड्दैछ। उद्घाटन खेल दिउँसो सवा ३ बजे लन्डनस्थित ओभलमा हुनेछ।

इयान मोर्गानको कप्तानीमा उत्रने इंग्लिस टिम एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ। त्यसैले इंल्यान्डलाई प्रतियोगिताको बलियो र दाबेदारको रुपमा लिइएको छ। इंल्यान्डलाई विश्वका अन्य उत्कृष्ट ९ टिमले कडा टक्कर दिनेछन्।

साविक विजेता अस्ट्रेलियासहित इंग्ल्यान्ड, अफगानिस्तान, बंगलादेश, भारत, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

११ वटा मैदानमा हुने खेल इंग्ल्यान्ड र वेल्समा संचालन हुनेछन्। १० टिम एकआपसमा लिग चरणमा भिड्नेछन्।  विश्वकपको लिग चरणमा ४५ खेल हुनेछन्। शीर्ष चार टिम सेमिफाइनलमा पुग्नेछन्।

आयोजकले विश्वकपका लागि उपलब्ध ८ लाख टिकट मध्ये ९५ प्रतिशत टिकट बिक्रि भइसकेको जनाएको छ। जसमा १ लाख ५० हजार टिकट महिला र बालबालिकाका लागि छुट्याइएको छ। २ लाख ५० हजार टिकट दक्षिण पूर्वी एसियाका समर्थकले किनेको आयोजकको भनाइ छ। 

चार वर्षअघि भएको विश्वकपमा अहिलेको दाबेदार टिम इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो। गत संस्करणको विश्वकपमा पहिलो चरणबाट बाहिरिएको इंग्ल्यान्डको ब्याटिङ लाइन अप अहिलेसम्मकै बलियो मानिएको छ। पछिल्लो चार वर्षमा इंग्ल्यान्डले २ पटक उच्च रन बनाउने टिमको रेकर्ड भंग गरेको थियो।

सन् १९९२ पछि पहिलो पटक सबै टिम सेमिफाइनल र फाइनलअघि भिड्न लागेका हुन्। यस्तै सन् १९९२ पछि कम टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। चार वर्षअघि १४ टिमबीच भिडन्त भएको थियो। तर यसपटक १० टिमलाई मात्र स्थान दिँदा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को चर्को आलोचना भइसकेको छ।

सन् २००३ पछि आयरल्यान्ड विश्वकपमा सहभागी छैन। यता वेस्ट इन्डिजले विवादास्पद खेलमा स्कटल्यान्डलाई हराएर विश्वकपमा स्थान बनाएको हो।

nimb
nimb
Ncell 2
Ncell 2

इंग्ल्यान्डपछि अस्ट्रेलिया अर्को दाबेदार टिम हो। अस्ट्रेलियाले पछिल्ला पाँच मध्ये चार विश्वकपको उपाधि जितेको छ। बल टेम्परिङ काण्डमा दोषि पाइएका डेभिड वार्नर र स्टिभ स्मिथ अस्ट्रेलियाको टिममा फर्किएका छन्। जसले अस्ट्रेलियालाई ठूलो राहत दिएको छ। 

भारत एकदिवसीय विश्वकप वरीयताको दोस्रो स्थानमा रहेको टिम हो। भारतीय टिमका कप्तान विराट कोहली एकदिवसीय खेलमा जीवनकै उत्कृष्ट लयमा छन्। उनले चार वर्षको अविधिमा १९ एकदिवसीय शतक प्रहार गरिसकेका छन्।

पाकिस्तानले २ वर्षअघि इंग्ल्यान्डमै आयोजना भएको च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। तर विश्वकपअघि इंग्ल्यान्डसँग भएको पाँच खेलको एकदिवसीय सिरिजमा पाकिस्तानले नमिठो झड्का बेहोर्यो। सिरिजमा पाकिस्तान ४–० ले पराजित भएको थियो।

वर्मअप खेलमा वेस्ट इन्डिजले उत्कृष्ट प्रदर्शन गरेको छ। मजबुत योगफल तयार गर्न सक्न वेस्ट इन्डिजलाई रोक्न गाह्रो छ। 

यता दक्षिण अफ्रिका र न्युजिल्यान्डका लागि पनि यसपटक अवसर छ। अहिलेसम्म विश्वकप जित्न नसकेका दुवै टिम इतिहास रच्न आतुर छन्। 

विश्वकपअघि बंगलादेश, श्रीलंका र अफगानिस्तान कमजोर देखिएका छन्। तर विश्वका उत्कृष्ट १० टिममा परेर छानिएका उनीहरुलाई कमजोर आँक्ने भूल विपक्षी टिमले गर्नेछैनन्।

को–को पुग्लान् सेमिफाइनल?
इंग्ल्यान्डका पूर्व कप्तान माइकल भनले इंग्ल्यान्डलाई घरेलु मैदानमा फाइदा पुग्ने बताए। उनले इंग्लिस टिम विश्वको एक नम्बर भएकाले सेमिफाइनलमा पुग्ने बताए।  उनले अस्ट्रेलिया पनि सेमिफाइनल पुग्ने विश्लेषण गरे। स्टिभ स्मिथ र डेभिड वार्नर टिममा फर्कनु र राम्रो बलिङ हुनु अस्ट्रेलियाको बलियो पक्ष भएको बताए।

यस्तै भारत पनि सेमिफाइनल पुग्ने उनको भनाइ छ। उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र बलर जसप्रित बुमराहले भारतलाई सेमिफाइनलमा पुर्याउने उनको भनाइ छ। सेमिफाइनलमा पुग्ने चौथो टिम पाकिस्तान हुने पूर्व कप्तान भनको दाबी छ।

यता कमेन्टेटर सिमन मन इंग्ल्यान्ड, अस्ट्रेलिया र भारतले सेमिफाइनलमा पुग्ने विश्लेषण गर्छन्। चौथो टिम जो पनि हुन सक्ने उनको भनाइ छ। उनले श्रीलंका र अफगानिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना नरहेको बताए। उनले वेस्ट इन्डिज वा बंगलादेश मध्ये एक टिमले सेमिफाइनलमा स्थान बनाएको हेर्न चाहेको बताए। 

उनले एसियन टिमले पछिल्ला दुई च्याम्पिन्यस ट्रफीको उपाधि जितेको उदाहरण प्रस्तुत गर्दै भारतले विश्वकप जित्ने दाबी गरे। पछिल्लो पटक पाकिस्तान तथा त्यसअघि भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेका थिए। 

क्रिक इन्फोका जर्ज डोबेल इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने विश्लेषण गर्छन्। उनले वेस्ट इन्डिज र दक्षिण अफ्रिकालाई खतरनाक टिमको संज्ञा दिए। अफगानिस्तान, श्रीलंका र बंगलादेशले विश्वकपमा संघर्ष गर्ने उनको विश्लेषण छ।

विश्लेषक नाटाली जर्मोन्सले भारत, इंग्ल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गर्ने बताइन्। उनले भारतको ब्याटिङ लाइनअप उत्कृष्ट भएको र बलरले विपक्षीलाई दबाब दिन सक्ने क्षमता राख्ने बताइन्। इंग्ल्यान्ड पनि सन्तुलित म भएको बताइएकी उनले च्याम्पियन्स ट्रफी जितेको पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गर्ने बताइन्।  

सम्बन्धित समाचारहरु :

यसरी सुरु भएको थियो विश्वकप क्रिकेट प्रतियोगिता

अंकमा विश्वकप : अनुभवी टिम, युवा टिम, खेलाडीको उच्च रन र विकेट?

विश्वकपमा तहल्का मच्चाउन सक्ने पाँच बलर

यी पाँच उत्कृष्ट खेलाडीका लागि अन्तिम विश्वकप हुन सक्ने

प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६  ०६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आकाशे पुलको प्रयोग गर्न अनुरोध गर्दा बानेश्वरमा महिला प्रहरीमाथि हातपात मंगलबार, भदौ ९, २०८३
दलभित्र विश्वास गुमाउने अनि अदालत जाने शैलीले कांग्रेसलाई न्याय गर्दैन : प्रवक्ता चालिसेको कटाक्ष मंगलबार, भदौ ९, २०८३
प्रधानमन्त्री बालेनलाई संसद्मा ११ सांसदले सोध्दैछन् प्रश्न, रास्वपाले कोटा नै घटायो मंगलबार, भदौ ९, २०८३
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्