काठमाडौं– बुधबारदेखि सुरु हुने आइसिसी मेन्स क्रिकेट विश्वकप २०१९ मा युवा तथा अनुभवी खेलाडी मैदान उत्रदैछन्। १० टिमबीच हुने विश्वकपका लागि सबै खेलाडीले आफ्नो शतप्रतिशत योगदान दिन अन्तिम तयारी गरिसकेका छन्।
युवा खेलाडीहरु विश्वकपमार्फत आफूलाई स्थापित गराउने ध्याउन्नमा हुनेछन्। अघिल्ला विश्वकप खेलिसकेका कतपिय अनुभवी खेलाडीका लागि भने यो विश्वकपलाई यादगार बनाउन चाहान्छन्। किनकी उनीहरुका लागि यो विश्वकप अन्तिम विश्वकप हुन सक्छ। अन्तिम विश्वकप हुने पाँच खेलाडी यस्ता छन्।
इमरान ताहिर (दक्षिण अफ्रिका) : लेग–बेक्र बलर ताहिर दक्षिण अफ्रिकाका लागि भरपर्दा बलर हुन्। उनले अहिलेसम्म ९८ एकदिवसीय खेल खेलेर १ सय ६२ विकेट लिइसकेका छन्। ताहिरको औषत २४.२१ छ भने उनले विश्वकपमा पछि संन्यास लिने घोषणा गरिसकेका छन्। त्यसैले उनका लागि यो अन्तिम विश्वकप हुने पक्का छ। गत महिना आइपिएल क्रिकेटमा ४० वर्षीय ताहिरले २६ विकेट लिएका थिए। त्यसैले उनले व्यवसायिक खेल भने खेल्न सक्नेछन्।

लासिथ मालिङ्गा (श्रीलंका) : दायाँ हाते तीव्र गतिका श्रीलंकन बलर मालिङ्गा डेथ ओभरका लागि अनुभवी खेलाडी हुन्। उनको भेरिएसन र योर्कर फ्याँक्ने कला राम्रो छ। टिमलाई चाहिएको समयमा विकेट लिने खुवी भएका मालिङ्गाले सिजनको आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई च्याम्पियन बनाउन उत्कृष्ट खेलेका थिए। उनले फाइनलको अन्तिम बलमा विकेट लिएपछि मुम्बई च्याम्पियन बनेको थियो। अनुभवी मालिङ्गाका लागि भने अब खेल जीवन अन्त्यमा आइसकेको छ। सायद उनका लागि यो विश्वकप अन्तिम हुन सक्छ।

सोएब मलिक (पाकिस्तान) : पाकिस्तानका अलराउन्डर मलिक टिमका महत्वपूर्ण सदस्य हुन्। पाकिस्तानका उत्कृष्ट अलराउन्डर मध्येका एक उनले २ सय ८४ एकदिवसीय खेलमा ७ हजार ५ सय बढी रन बनाएका छन् भने १ सय ५७ विकेट लिइसकेका छन्। चाहिएको बेला ठूला सर्ट प्रहार गर्ने सक्ने उनी विकेट निकाल्ने सक्ने खुवी राख्छन्।

ग्रिस गेल (वेस्ट इन्डिज) : बिग हिटर गेल वेस्ट इन्डिजका आक्रामक ओपनिङ गर्ने ब्याट्सम्यान हुन्। उनले सन् २०१९ मा राम्रो रन बनाइसकेका छन्। उनले ४ खेलमा ४ सय २४ रन बनाइसकेका छन्। १ सय ६ को औषत भएका उनले चार खेलमा ७७ रन, १ सय ६२ रन, ५० रन र १ सय ३५ रन बनाएका थिए। १ सय ३४ को स्ट्राइक रेट भएका उनले विश्वकपपछि संन्यास लिने बताइसकेका छन्। त्यसैले उनका लागि पनि यो अन्तिम विश्वकप हुन सक्छ।

महेन्द्रसिंह धोनी (भारत) : सन् २०११ मा भारतलाई विश्वकपको उपाधि जिताउन कप्तानी गरेका धोनीले आइपिएलमा उत्कृष्ट खेल देखाएका थिए। उनले सिजनको आइपिएलमा ४ सय बढी रन बनाएका थिए। वर्तमान कप्तान विराट कोहलीका लागि हरतरहका सुझाव दिने धोनी चाहिएको बेला ठूला सर्ट खेल्दै फिनिङ गर्न माहिर छ। टेस्टबाट संन्यास लिइसकेका धोनीका लागि यो विश्वकप अन्तिम हुन सक्ने अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।