काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रिय समितिको निर्वाचन आगामी चैत १४ गते हुने भएको छ। आइतबार बसेको केन्द्रिय समितिको बैठकले निर्वाचनसहित अन्य महत्त्वपूर्ण निर्णय गरेको छ। हेर्नुहोस् एन्फाका निर्णयहरु :
निर्णय नं. १
अखिल नेपाल फुटबल संघको निर्वाचन आगामी २०७४ माघ ११ गते गर्ने मिति तय भएकोमा प्राबिधिक कारणले उक्त मिति स्थगित गर्नु पर्ने भएको हुँदा संघले फिफा र एएफसीमा निर्वाचनको मिति सार्नको लागि अनुरोध गरी पठाएकोमा फिफा र एएफसीले समयानुकुल गर्न अनुमोदन गरे बमोजिम अखिल नेपाल फुटबल संघ अन्तर्गत रहेको जिल्ला फुटबल संघहरुको निर्वाचन आगामी २०७४ पौष ५ गते देखि माग ५ गते सम्म गर्ने निर्णय गरीयो ।
एन्फा केन्द्रिय कार्य समितिको निर्वाचनसहितको साधारणसभा २०७४ चैत्र १४ गते गर्ने निर्णय गरियो। बैठकले जिल्ला फुटबल संघहरुको निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन निर्देशीका तयार गरी पारित गरियो। बिभिन्न सदस्य समितिहरु जस्तै फुटबल खेलाडी संघ, फुटबल प्रशिक्षक संघ, फुटबल निर्णायक संघ र महिला संघहरुको निर्वाचन निर्देशिका तयार गरी निर्वाचन समेत गराउने निर्णय गरियो।
निर्णय नं.२
विश्व फुटबल महासंघ(फिफा)ले फिफा फरवार्ड कार्यक्रम अन्तर्गत सन् २०१६–२०१८ को एक साईकल अनुसार राष्ट्रिय संघहरुलाई प्रदान गर्ने अनुदान सहयोग अन्तर्गत अखिल नेपाल फुटबल संघले बिभिन्न विकासका कार्यक्रमहरु संचालन गर्ने प्रस्तावना पेश गरे अनुसार निम्न ६ वटा प्रोजेक्टहरु फिफा फरवार्ड कार्यक्रम अन्तर्गत संचलन गर्ने कार्यक्रम यसै बैठकबाट अनुमोदन गरियो ।
१) लिग संचानल (ए, बी र सी डिभिजनका लिग संचालन तथा आयोजना गर्ने)
२) ३ वटा टेक्नीकल सेन्टरहरुको स्तरोन्नती तथा साधारण मर्मत सम्भार तथा संचालन गर्ने
३) संघ अन्तर्गत रहेका ४५ जिल्लाहरुमा ग्रासरुट कार्यक्रम संचालन गर्ने
४) संघ अन्तर्गत रहेका ४५ जिल्लाहरुमा ग्रासरुट कार्यक्रम संचालन गर्न खेल सामग्रीहरु सहयोग गर्ने
५) एन्फामा सुविधा सम्पन्न आधुनिक फिजियोथेरापिको समान जडान तथा सुबिधा सम्पन्न एम्बुलेन्स खरिद गर्ने
६) एन्फा कम्प्लेक्स, कार्यालय भवन, सुबिधा सम्पन्न अडोटरीयम हल निर्माण, एन्फा होष्टल तथा ३ वटा एन्फा टेक्निकल सेन्टरमा मर्मत सम्भार तथा रंगरोगन गर्ने
निर्णय ३
मध्य तथा सुदुर पश्चिमाञ्चलमा को फुटबल खेलको बिकास गर्न मध्ये तथा सुदुर पश्चिमाञ्चल क्षेत्रको ७ बिभिन्न जिल्लाहरुमा बिशेष ग्रहयता प्रदान गरी ग्रासरुट तथा बिशेष प्याकेजको सम्भाव्यताको अध्ययन गरी कार्यक्रम संचालन गर्ने निर्णय गरियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।