चितवन- चितवनको क्षेत्र नम्बर ३ ख मा मामाले भन्जालाई पराजित गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उक्त क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार रामलाल महतो विजयी भएका छन। महतोले नेपाली कांग्रेसका उम्मेदवार साजन महतोलाई पराजित गरेका हुन्। साजन रामलालका भान्जा हुन्।
नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका सदस्य समेत रहेका गठबन्धनका उम्मेदवार रामलालले २५ हजार६१ मत प्राप्त गरि विजयी भएका हुन ।
उनले आफ्नो निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका उम्मेदवार साजनलाई ९ हजार ११६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
पराजित निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार साजन महतोले १५ हजार ९४५ मत प्राप्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।