काभ्रे- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ मा एमालेका नेता गोकुल बाँस्कोटा फराकिलो मतान्तरले अगाडि छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यभन्दा १७ हजार ५ सय ८२ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले ५१ हजार २३ मत प्राप्त गरेका छन् भने आचार्यको ३३ हजार ४ सय ४१ मत छ ।
यसैगरी सोही क्षेत्रको प्रदेशसभा (ख) मा वाम गठबन्धनबाट एमालेका वसुन्धरा हुमागाईंले २५ हजार ९ सय २३ र काँग्रेसका कञ्चनचन्द्र वादेले १८ हजार ९ सय ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उक्त क्षेत्रको प्रदेशसभा (क)मा एमाले उम्मेदवार लक्ष्मण लम्साल विजयी भइसकेका छन्।
यसैगरी, काभ्रे क्षेत्र नम्बर १ को प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना पनि सकिसकेको छ। उक्त क्षेत्रमा सबै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका गंगाबहादुर तामाङ विजयी भएका छन्। ४३ हजार ६ सय ३१ मत पाएका तामाङले नेपाली कांग्रेसका तीर्थ लामालाई ४ हजार २६ मतले पछि पारे। निकटमत प्रतिद्वन्द्वी लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।