तेह्रथुम- तेह्रथुमका तीन वटै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ।
जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। प्रतिनिधिसभातर्फ एमालेका भवानीप्रसाद खापुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले हराएकी हुन्।
विजयी खापुङले २१ हजार ३३५ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गुरुङले १९ हजार ३१४ मत ल्याएकी छिन्।
प्रदेशसभातर्फ पनि एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी भएका छन्। एमालेका जिल्ला अध्यक्षसमेत रहेका तिवारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई एक हजार ४ सय ६६ मतले पराजित गरे। तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गर्दा ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन्।
यस्तै, प्रदेशसभा (ख) तर्फ एमालेकै तेजमान कन्दङवाले कांग्रेसका विजय सम्बाहाम्फेलार्ई दुई हजार २ सय ५५ मतले पराजित गरेका छन्। कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गरेका छन् भने सम्बाहाम्फेले आठ हजार ४७ मत ल्याएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।