बारा- नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बारा १ बाट नेपाली कांग्रेसका तर्फबाट चुनाव लडेका चौधरी २४ सय २० मत बढी ल्याएर विजयी भएका हुन्।
चौधरीले २४ हजार ४ सय ५० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतप्रसाद मैनालीले २२ हजार ३० मत ल्याएका छन्।
यसैगरी, राजपाका नेता रामकिशोर प्रसाद यादवले २० हजार १ सय ४४ मत ल्याएका छन्। उक्त क्षेत्रमा विवेकशील साझाका उम्मेदवार सन्नी लामाले २ सय मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।