काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थामा बिग मर्जर आवश्यक रहेको र बिग मर्जरका कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताएका छन्।
आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु मात्र नभई बिमा संस्थाहरुलाई पनि बिग मर्जरमा लैजाने घोषणा गरेका हुन्।
नेपाल राष्ट्र बैंकले पनि बिग मर्जरका विषयमा पछिल्लो समय कुरा उठाउँदै आएको थियो। राष्ट्र बैंकले चालु वर्षमा नै बिग मर्जर नीति ल्याउने तयारी गरेको भए पनि अर्थमन्त्री खतिवडाले नै त्यसलाई रोकेका थिए।
बिग मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्ने उनको भनाइ छ।
बजेटमार्फत बिग मर्जरमा जाने संस्थाहरुलाई १ वर्षसम्मको आयकरमा छुट दिने कुरा स्पष्ट रुपमा नखुलाए पनि राष्ट्र बैंकले सोही विषयलाई प्राथमिकतामा राखेर बिग मर्जरको स्किम ल्याउन खोजेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।