उदयपुर– उदयपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचनको पछिल्लो मतपरिणाममा नेपाली काग्रेसका नेता नारायाण खड्का फेरि अघि लागेका छन्। एमालेकी मञ्जु चौधरीलाई पछि पार्दै खड्का २ सय ३० मतले अघि लागेका हुन् ।
खड्काले ३० हजार १ सय १३ मत ल्याएका छन् भने चौधरीले २९ हजार ८ सय ८३ मत पाएकी छन् । यसअघि चौधरी झिनो मतले अगाडी लागेकी थिइन् । प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा यी दुवै प्रतिस्पर्धीविच कडा टक्कर हुदै आएका छ । करिव १ लाख मतदाता रहेको उक्त क्षेत्रमा ६३ हजार मत गनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।