बार्सिलोना– स्पेनिस ला लिगमा बार्सिलोनाले १० खेलाडीमा सीमित भिल्लारियललाई बार्सिलोनाले पराजित गरेको छ। बार्सिलोनाको जितमा फरवार्डद्वय लिओनल मेसी र लुईस सुआरेजले गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा भिल्लारियल खेलको ६० मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो। भिल्लारियलका मिडफिल्डर ड्यानियल राबा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। सर्जियो बुस्केटमाथि फल गरेपछि रेफ्रीले राबालाई सिधा रातो कार्ड देखाए।
भिल्लारियल १० खेलाडीमा सीमित भएपछि बार्सिलोना खेलमा हावी भयो। सुअारेजले ७२ मिनेटमा गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। ८३ मिनेटमा मेसीले बार्सिलोनाको अग्रता दोब्बर परे।
तीन खेलमा जितबिहीन यात्रापछि मैदान उत्रिएको बार्सिलोनाका सुआरेज र जेरार्ड पिकेको प्रहार पोलमा लागेको थियो।
लिगका अन्य खेलमा एट्लेटिको म्याड्रिडले रियल बेटिसलाई १–० ले पराजित गरेको छ भने मालागाले रियल सोसिडाडलाई २–० ले हराएको छ।
लिगमा १५ चरणको समाप्तीमा बार्सिलोना ३९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको भ्यालेन्सियाको ३४ अंक छ भने तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ३३ अंक छ। चौथो स्थानको रियलको ३१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।