म्यानचेस्टर– म्यानचेस्टर डर्बी भिडन्तमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। आइतबार सम्पन्न प्रिमियर लिगको खेलमा सिटीले युनाइटेडलाई २–१ गोलले पराजित गरेको हो।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा सिटीले ४३ मिनेटमा गोल गरेर अग्रता लियो। डेभिड सिल्भाले सिटीलाई अग्रता दिलाए। तर पहिलो हाफको इन्जुरी टाइममा युनाइटेडले बराबरी गोल फर्कायो।
युनाइटेडका लागि मार्कोस रास्फोडले बराबरी गोल फर्काएका हुन्।
निकोलास अोटामेन्डीले ५४ मिनेटमा अर्को गोल गरेर सिटीलाई दोस्रो पटक अग्रता दिलाए। त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि ओटामेन्डीको गोल निर्णायक बन्यो ।
जितसँगै सिटीले प्रिमियर लिगमा लगातार १४ खेल जित्ने रेकर्ड बनाएको छ। लगातार बढी खेल जित्ने रेकर्ड बनाएको सिटीले लिगमा ११ अंकको अग्रता लिएको छ।
लिगमा आइतबार भएका अन्य खेलमा अार्सनल र साउथह्याम्टन तथा इभर्टन र लिभरपुलले समान १–१ गोलको बराबरी खेलेका छन्।
लिगमा १६ चरणको खेल सकिदा सिटीले ४६ अंक जोडेर शीर्ष स्थानमा बलियो पकड बनाएको छ। दोस्रो स्थानको युनाइटेडको ३५ अंक छ भने तेस्रो स्थानको चेल्सीको ३२ अंक छ। लिभरपुल ३० अंकसहित चौथो र आर्सनल २९ अंकसहित पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।