सुनसरी– सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार र एमालेकी उम्मेदवार भगवती चौधरीको प्रतिस्पर्धामा मतान्तर कम अन्तर कम हुुँदै गएको । यसअघि हजार मतको अन्तरमा रहेका गच्छदारले त्यसलाई कमि ल्याउदै ८ सय १७ मा झारेका छन् ।
एमालेकी चौधरीले २४ हजार ६ सय ५४ मत ल्याएर अग्रता कायम गर्दा नेपाली कांग्रेस गच्छदार २३ हजार ८ सय ३७ ल्याएका छन्। अघिल्लो संविधान सभामा पराजित गरेको बदला लिने सुरुमा रहेकी चौधरीलाई रोक्न गच्छदार अग्रसर भइरहेकी छन्। फोरम लोकतान्त्रिकबाट मधेश केन्द्रीत पार्टी खोलेर पछिल्लो समय राजनीतिमा सक्रिय रहेका गच्छदार माओवादी र एमालेको वाम गठबन्धन पछिपछि कांग्रेसमा मिसिएका थिए।
करिव ८५ हजार मत खसेको उक्त क्षेत्रमा करिव ३० हजार मत गन्न बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।