कैलाली– कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका गौरी शंकर चौधरी विजयी भएका छन्। उनले कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई पराजय गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार माओवादीका गौरी शंकर कांग्रेस उम्मेदवार रामजनमलाई ४ हजार ३ सय ८५ बढी मत ल्याएर विजयी भएका हुन्। मतपरिणाम अनुसार गौरी शंकरले २४ हजार ८ सय ७९ मत ल्याएका छन्। रामजनमले भने २० हजार ४ सय ९४ मत ल्याएका छन् ।
रामजनम चुनावअघि मात्र कांग्रेस प्रवेश गरेका हुन् । त्यसअघि उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।