धर्मशाला– भारत विरुद्धको पहिलो एकदिवसीय खेलमा श्रीलंकाले सानदार जित हात पारेको छ। धर्मशालामा आइतबार भएको खेलमा श्रीलंकाले ७ विकेटको जित हात पारेको हो।
भारतले दिएको १ सय १३ रनको झिनो लक्ष्य श्रीलंकाले २०.४ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। श्रीलंकाको जितमा उपुल थारांगाले ४९ रनको योगदान गरे। उनले ४६ बलमा १० चौका प्रहार गरे। एन्जेलो म्याथ्युले नटआउट २५ र डिकवेलले नटआउट २६ रनको योगदान गरे।
त्यअघि खराब ब्याटिङ गरेको भारत ३८.२ ओभरमा १ सय १२ रनमा अलआउट भयो। भारतका लागि महेन्द्रसिंह धोनीले सर्वाधिक ६५ रन जोडे। उनले ८७ बलमा १० चौका र २ छक्का प्रहार गरे। हार्दिक पाण्ड्याले १० र कुलदिप यादवले १९ रनको योगदान गरे।
सुरुवातमा भारत खराब स्थितिमा थियो। भारतले १७ ओभर चल्दै गर्दा ७ विकेट गुमाउँदा केवल २९ रन जोडेको थियो। भारतको इनिङ ध्वस्त पार्न श्रीलंका सुरंगा लम्कलले ४ तथा प्रदीप नुवाले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।