नयाँदिल्ली– भारतीय लोक सभामा भर्खरै निर्वाचित दुई सांसद मंगलबारदेखि भाइरल बनिरहेका छन्। उनीहरुको सुन्दरताका साथै लोकसभाका अघि खिचाएका तस्विरले चर्चापरिचर्चा भएको हो।
पश्चिम बंगालबाट निर्वाचित मिमी चक्रवर्ती र नुसरत जहां मंगलबारदेखि चर्चामा छन्। १७ औं लोकसभमा ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसबाट उनीहरु निर्वाचित भएका हुन् । बंगाली अभिनेत्री समेत रहेकी उनीहरु उम्मेदवार भएदेखि चर्चित भएपनि लोभसभाका अगाडि उनीहरुले खिचाएका तस्विर र उनीहरुको पहिरनले थप बहश गर्माएको हो।
उनीहरुले संसदको अघि तस्विर खिचाएर सामाजिक सञ्जालमा राखेदेखि नै पक्ष र विपक्षमा प्रतिक्रिया पाइरहेका छन्। उनीहरु संसदमा प्रतिनिधित्व गर्ने भारतीय अरु महिलाहरुले भन्दा फरक पहिरनका साथ त्यहाँ पुगेका थिए।
कतिले संसद भवन पिकनिक स्थल नभएको भन्दै उनीहरुको तरिकाको आलोचना गरेका छन्। कतिले भनिरहेका छन्– उनीहरुले किन सारी नपहिरिएको?




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।