अबुजा– नाइजेरियाको उत्तर पश्चिमी राज्य जाम्फारामा मंगलबार भएको आक्रमणमा २३ जना स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ।
जाम्फाराका प्रहरी प्रवक्ता मोहम्मद शेहुले शस्त्रधारीबाट भएको आक्रमणबाट टुंगा र काबाजेका २३ जना गाउँलेको ज्यान गएको पुष्टि गरे।
नाइजेरियाका उत्तरी भेगमा पछिल्ला दिनहरूमा गाउँलेमाथि लगातार आक्रमण भइरहेका छन्।
शेहुले प्रभावित क्षेत्रमा प्रहरीको नियमित गस्ती बढाइएको र सेनाले हवाई गस्ती थालेको जानकारी दिए।
गाउँलेको हत्या हुनुको ठोस कारण अझै खुलेको छैन। आक्रमणका बारेमा नाइजेरियामा सक्रिय कुनै पनि समूहले जिम्मेवारी पनि लिएका छैनन्।
जाम्फारा र कडुना राज्यमा जारी हत्या हिंसाले स्थानीय जनतामा त्रास फैलिएको छ। कतिपय अवस्थामा हतियारधारी समूहले किसानले पालेका गाईबस्तु लुट्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।