फिल्म 'सानो मन'को टोली यतिबेला थाइल्यान्डको राजधानी बैंककमा छ। सो फिल्मको शीर्ष गीतसहित केही दृश्यको अहिले त्यहाँ छायांकन भइरहेको छ।
फिल्म युनिट यसै साता त्यहाँ गएको हो। फिल्मको शीर्ष गीत सानो मनको आधाभन्दा बढी छायांकन थाएल्याण्डको पताया र आसपासमा सम्पन्न गरेको यसका निर्माता राजेन्द्र मानन्धरले जानकारी गराए।
पतायाको समुद्री किनारमा गीतको छायांकन गरिएको छ। गीतमा फिल्मका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रोमान्टिक मुद्रामा देखिएका छन्।
यो गीतलाई निर्देशक सुयोग गुरुङले नै कोरियोग्राफी गरिरहेका छन्। रोहितजोन क्षत्रीको स्वर रहेको यो गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ।
सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरुमा बाँकी छायांकन सुरु गरिएको पनि निर्माता मानन्धरले जानकारी गराए।
यो चलचित्रको छायांकन आलोक शुक्लले गरिरहेका छन्।
निर्देशक सुयोगलाई त्यहाँ मुख्य सहायक निर्देशक रितसिंह बोहराले सघाइरहेको छन्।
फिल्ममा समिर सुनुवार र निर्देशक गुरुङको कथा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।