काठमाडौं– भ्वाइस अफ नेपालका विजेता गायक सिडी विजय अधिकारीको स्वरमा रहेको आधुनिक गीत 'थरी थरी माया' बजारमा आएको छ।
गीत ओएस आर डिजिटलबाट सार्वजनिक भएको छ।
गीतमा घनश्याम श्रेष्ठको शब्द तथा प्रकाश नेपालीको संगीत रहेको छ।
गीतको भिडियोमा मोडल अनिल अधिकारी, मेलिषा खतिवडा र पुरुषोत्तम भारतीले अभिनय गरेका छन्।
भिडियोमा सरोज अधिकारीको छायांकन, विकास धमलाको सम्पादन र निकेश खड्काको निर्देशन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।