सिन्धुपाल्चोक– सिन्धुपाल्चोक जिल्लाको चार प्रदेशसभाको निर्वाचनमा तीन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवार विजयी हुदाँ एक क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् ।
वामकिल्ला बनाउन उद्दत गठवन्धनलाई रोक्दै क्षेत्र नम्बर २ प्रदेशसभा 'ख'मा कांग्रेसका निमा लामा विजयी भएका हुन्। लामाले गठवन्धनका तर्फवाट उम्मेवार रहेका दावा तामाङलाई पराजित गरेका हुन्। निमाले १८ हजार ९ सय ५ मत पाउँदा दावाले १८ हजार ८ सय ७ मत पाए।
क्षेत्र नम्बर २ प्रदेश कमा माओवादीका उम्मेदवार युवराज दुलालले नेपाली कांग्रेसका विकास तमाङलाई पराजित गरे। दुलालले २० हजार ६ सय ८७ तथा तामाङले १३ हजार ५ सय २१ मत प्राप्पत गरे।
क्षेत्र नम्बर १ मा दुवै क्षेत्रमा एमालेका उम्मेदवाहरु विजयी भएका छन् । क्षेत्र नम्बर १ कमा विष्णु खत्रीलाई हराउँदै अरुण नेपाल विजयी भए। नेपालले २१ हजार १ सय ६५ मत पाउँदा खत्रीले १४ हजार १ सय ६८ मत ल्याए। खमा राजेन्द्र श्रेष्ठलाई पराजित गर्दै सरेश नेपाल विजयी भएका छन् । नेपालले २० हजार ४ सय ३७ मत प्राप्त गर्दा श्रेष्ठले १० हजार ९ सय ५ मत प्राप्त गरे।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादीका अग्नी सापकोटाले कांग्रेसका मोहनबहादुर बस्नेतलाई पराजित गरे। क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।