बर्दिया– बर्दिया क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष बामदेव गौतमले अग्रता घटाउदै लगेका छन् । तर, उनलाई जितका लागि कठिन हुँदै गएको छ ।
पछिल्लो अपडेटअनुसार बामदेव २३ सय १० मतले पछाडि छन् । अघिल्लो अपडेटमा उनी २६ सय मतले पछाडि थिए । कांग्रेस उम्मेदवार संजय गौतमले उनलाई पछि पारेका हुन् । बामदेवको ३७ हजार १ सय ३५ मत छ भने संजयले ३९ हजार ४४५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।