रौतहट- रौतहट प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद आफताब आलम विजयी भएका छन्।
आलमले प्रतिस्पर्धी उम्मेदवार संघीय समाजवादी फोरमका किरणकुमार साहलाई १९ सय ६८ मतान्तरले हराएका हुन्। ०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट जितेका आलम ०७० को चुनावमा भने पराजित भएका थिए।
मोहम्मद आफताव आलम (कांग्रेस) १८८३३ (विजयी)
किरणकुमार साह (संघीय समाजवादी फोरम) १६८६५
मो. मुस्ताक आलम (एमाले) १३८८३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।