नयाँ दिल्ली– ऋतिक रोशनको फिल्म 'सुपर ३०' को रिलिज मिति फेरि बद्लिएको छ।
अब यस फिल्मको टक्कर कंगना रनावतको 'मेन्टल है क्या से नहीं'सँग हुने चर्चा भएको थियो। तर,'सुपर ३०'को प्रदर्शन मिति बदलिएपछि टक्कर नहुने भएको छ।
२०१९ को सुरुवातमा दुई फिल्म एकैसाथज रिलिज हुने आंकलन समेत थियो।
'सुपर ३०' २६ जुलाईको सट्टा १२ जुलाईमा रिलिज हुने भएको छ। यद्यपि, फिल्मले यस पटक भने नयाँ फिल्मसँग सामना गर्नुपर्नेछ।
ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमा सुपर ३० को रिलिज मिति फाइनल भएकोबारे खुलाएका छन्। यस फिल्म १२ जुलाई २०१९मा रिलिज हुन्छ। यस फिल्मसँगै 'जबरिया जोडी' पनि रिलिज हुनेछ।
फिल्म 'जबरिया जोडी'मा सिद्धार्थ मल्होत्रा र परिणीति चोपडा एक साथ देखा पर्नेछन्।
सुपर ३० को पहिला २५ जनवरीमा रिलिज गरिने फिक्स भएको थियो। तर, फिल्ममेकर विकास बहल मिटू केसमा फसेका कारण रिलिज डेटमा प्रभाव परेको हो।
उनको साट्टा फिल्ममा अनुराग कश्यपको लिइएको थियो र बाँकी प्रकिया पूरा गरिएको थियो।
कंगनाको फिल्म 'मेन्टल हे क्या' २६ जुलाईमा रिलिज हुने भएको छ।
फिल्ममा कंगना रनावत र राजकुमार रावललाई मुख्य भूमिकामा देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।