काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले स्वदेशी तथा विदेशी नागरिकहरूलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय विमानस्थलमा एटिएम सेवा विस्तार गरेको हो। यससहित बैंकको एटिएम संख्या ९९ पुगेको छ ।
सन् २०२० को नेपाल भ्रमण वर्षलाई पनि ध्यानमा राखेर विमानस्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको विश्वास छ।
हाल १ सय २ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्सन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट र १ सय १९ वटा शाखारहित बैंकिङ सेवा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।