एजेन्सी- 'बालेन डि ओर' उपाधि बितेका क्रिस्टियानो रोनाल्डोको २ गोलको मद्दतले स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ।
घरेलु मैदानमा भएको खेलमा रियलले सेभियालाई ५–० गोल अन्तरले पराजित गरेको छ। रियालका सबै गोल पहिलो हाफमा सम्भव भएको थियो।
नाचोले तेस्रो मिनेटमा दिलाएको अग्रतालाई रोनाल्डोले २३ औं मिनेटमा दोब्बर पारे। त्यसको ८ मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेका थिए। टोनी क्रुसले ३८ औं मिनेटमा रियालका लागि चौंथो गोल गरेका थिए। पहिलो हाफ सकिन ३ मिनेट बाँकी हुँदा हाकिमीले गोल गर्दै रियालको ५–० को फराकिलो जित दिलाए।
जितपछि रियालले १५ खेलबाट ३१ अंक जोडेको छ, ऊ तेस्रो स्थानमा उक्लिएको छ। हारपछि सेभिया २८ अंकसहित पाँचौ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।