नयाँ दिल्ली– बलिउड अभिनेता जोन अब्राहम फिल्म सुटिङका क्रममा घाइते भएका छन्।
'परमाणु', 'सत्यमेव' जयते वा 'रोमियो अकबर वाल्टर' जस्ता सिरियस फिल्ममा अभिनय गरिसकेपछि जोन पछिल्लो समय कमेडी फिल्ममा अभियन गर्न चाहन्थे।
केही दिन अघिसम्म उनी कमेडी फिल्मको सुटिङमा व्यस्त नै थिए।
अनिज बज्मीको मल्टिस्टारर फिल्म 'पागलपन्ती'को निर्माण क्रममा जोन घाइते भएका हुन्।
जोनको एक एक्सन सिनको क्रममा शरीरमा चोट लागेको छ। उनको बायाँ हातको मांसपेशीमा चोट लागेको छ। चोटका कारण उनी अब केही दिनसम्म सुटिङ गर्न पाउने छैनन्।
उनको निजी स्रोतका अनुसार जोनको बायाँ हातको पाखुरामा चोट लागेको छ। त्यसैले उनलाई केही दिनको लागि आराम गर्नुपर्ने छ। उनको उपचार भइरहेको छ। उनी केहीदिनसम्म सुटिङ गर्न सक्ने छैनन्।
यस फिल्ममा अनिल कपूर, अरशद वारसी, पुलकित सम्राट, इलियाना डिक्रुज र कीर्ति खरबंदा जस्ता चर्चित कलाकारको अभिनय देख्न सकिन्छ। जुन सिनमा जोनको चोट लागेको थियो त्यही सिनमा यी कलाकारहरूसमेत सहभागी थिए।
फिल्म २२ नोभेम्बरको दिन रिलिज हुँदैछ।
फिल्मका निर्माता कुमार मंगतले रिलिज मिति कन्फर्म गरेका छन्। मंगतका अनुसार त्यो एउटा सामान्य सिन थियो। तर, गलत समयमा गर्नाले जोनलाई चोट लागेको हो।
डाक्टरले जोनलाई २० दिन आराम गर्न सल्लाह दिएको छ। जोन ठीक भएपछी त्यही सिन दोहोर्याएर गर्नुपर्नेछ।
फिल्मको अधिकांश सुटिङ लण्डनमा गरिएको छ भने केही सिन भने मुम्बईमा सुट गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।