एजेन्सी– प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सी पुछारको क्लब वेष्टह्यामसँग पराजित भएको छ। मार्को अर्नाटोभिचको सुरुवाति गोलसँगै वेस्टह्यामले लन्डन स्टेडियममा चेल्सीलाई १–० ले पराजित गरेको हो।
प्रशिक्षक डेबिड मोयसले क्लबका लागि पहिलो जित निकाल्ने क्रममा एन्टोनी कोन्टेको क्लबलाई सिकार बनाए। अर्नाटोभिचले खेलको सातौं मिनेटमा दिलाएको अग्रता क्लबलाई ३ अंक दिलाउन पर्याप्त रह्यो। जितपछि रेलिगेसन जोनमा रहेको वस्टह्यामले १३ अंक जोडेको छ।
साविक विजेता चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ११ अंक पछाडि परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।