जनकपुर- अन्तर्राष्ट्रिय स्तरको मोडलिङ प्रतियोगिता 'मोडल हन्ट जनकपुर २०१९' जनकपुरधाममा हुने भएको छ।
जनकपुरधामको होटल क्राउन प्लाजामा 'मोडल हन्ट जनकपुर २०१९' को पहिलो अडिसन सम्पन्न भएको छ।
जनकपुरधाममा शनिबार भएको पहिलो अडिसनमा ५० जना सहभागी थिए।
अडिसनका प्रमुख अतिथि सहिदनगर नगरपालिकाका मेयर उदय बर्बरियाले मोडल हन्ट जस्ता कार्यक्रम जनकपुरधाममा पहिलो पल्ट हुन् लागेको हुँदा सक्दो सहयोग गर्ने आश्वासन दिए।
जेष्ठ १८ गते महोत्तरीको बर्दिबासस्थित होटल पन्चधुरामा दोश्रो अडिसन हुनेछ। त्यस्तै अन्तिम अडिसन पुनः होटल क्राउन प्लाजामा नै जेष्ठ २५ गते हुनेछ।
अन्तिम चरणका प्रतियोगी छनोटपश्चात् कोरियोग्राफर सुजित शाक्यबाट तालिमको अवसर समेत प्राप्त गर्नेछन् भने प्रतियोगीलाई फेसन तथा मोडलिङ सम्बन्धी १ महिने ट्रेनिङको अवसर समेत उपलब्ध हुनेछ।
तालिमपश्चात् विभिन्न चरणका छनोट चरण पार गरेर प्रतियोगी मध्यबाट एक जनाले 'मोडल हन्ट २०१९' को उपाधि पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।