जेरुसेलम (इजरायल)- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी धर्मपत्नी सारा नेतान्याहुलाई आर्थिक अनियमितताको आरोप लागेको छ।
इजरायलका महान्यायाधिवक्ताका अनुसार सारालाई राज्यको सम्पत्तिको दुरुपयोग गरेको र नक्कली काम गरेको आरोप लागेको छ।
झन्डै एक लाख अमेरिकी डलर बराबरको सरकारी रकमलाई आफ्नो व्यक्तिगत भान्छामा प्रयोग गरेको भन्ने उनीविरुद्धको मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ।
मुद्दामाथि अझ एक पटक सुनुवाइ भएपछि मात्रै अन्तिम निर्णय हुने बताइएको छ। त्यसका लागि उनलाई अदालतले बोलाउन सक्ने अनुमान गरिएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।