मियामी (फ्लोरिडा)- फ्लोरिडाका गभर्नर रिक स्कटले संयुक्त राज्य अमेरिकाबाट भयानक आँधी इर्माको प्रभाव पर्नसक्ने भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेका छन्।
शुक्रबार राज्यका सम्पूर्ण दुई करोड जनतालाई आँधीबारे सचेत बनाउँदै उनले आँधीले फ्लोरिडामा प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएकोले घरहरू खाली गर्नका लागि तयार रहन सचेत गराए।
'घर तथा बस्ती खाली गर्ने आदेशलाई बेवास्ता नगरौँ। यो कुरा ख्याल गर्नुहोस् कि हामी तपाईँको घर बनाइदिन सक्छौँ तर तपाईँको पुनर्जीवन दिन सक्दैनौं,' उनले भने, 'त्यसैले सबै फ्लोरिडाबासी घर खाली गर्न छिट्टै तयार बन्नुस्।'
फ्रान्सको क्यारेवियन सामुद्रिक क्षेत्रबाट सुरु भएको आँधीका कारण फ्रान्स लगायतका क्षेत्रमा कैयौँ मानिसको मृत्यु भएको छ।रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।