काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।
सभापति शेरबहादुर देउवा विदेश प्रस्थान गरेकोले स्वदेश नफर्कुन्जेले निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन्।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्म निधिलाई पार्टीको कार्यवाहक सभापति तोकेको कांग्रेसले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।