काठमाडौं- सात चरणमा भएको १७औँ लोकसभा चुनावको नतिजा आउने क्रम जारी छ। यो समाचार तयार पार्दासम्म सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको एनडिएले १ सय ६ सिटमा विजय हासिल गरेको छ।
मतगणना जारी रहेका सिटमध्ये भाजपा नेतृत्वको एनडिएले २ सय ४२ स्थानमा अग्रता कायम गरिरहेका छ।
भारतीय जनता पार्टीबाट प्रधानमन्त्री नरेन्द्र मोदी भाजपा अध्यक्ष अमित शाह लगायतका नेताले विजय हासिल गरिसकेका छन्।
उता कांग्रेस नेतृत्वमा रहेको युपिए भने यो निर्वाचनमा पनि कमजोर देखिएको छ। उसले ३० स्थानमा विजय हासिल गरेको छ भने ५९ स्थानमा अग्रता कायम राखेको छ।
यी दुबै गठबन्धनमा आबद्ध नरहेका दलले भने ७ स्थानमा विजय हासिल गरेका छन्। उसले ९८ स्थानमा अग्रता कायम राखेको छ।
कुल ५४३ सिटमध्ये १ सय ४३ सिटको नतिजा प्राप्त भइसकेको छ। बाँकी सिटको नतिजा सार्वजनिक हुने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।