• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारका प्रवक्ताले प्रधानमन्त्री कार्यालयको क्षेत्राधिकार बिर्सेपछि…

64x64
किशोर दहाल बिहीबार, जेठ ९, २०७६  १८:२१
1140x725

काठमाडौं– मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनको एउटा निश्चित शैली छ।

प्रत्येक बिहीबार सामान्यता चार बजेदेखि सुरु हुने यो कार्यक्रममा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय पढेर सुनाउँछन्। आवश्यकता अनुसार केही व्याख्या पनि गर्छन्। त्यसपछि, उपस्थित पत्रकारहरुले मन्त्रिपरिषद्को निर्णयसँग सम्बन्धित वा अन्य विषयमा जिज्ञासा राख्छन्। पत्रकारको जिज्ञासालाई प्रवक्ताले समाधान गर्ने प्रयास गर्छन्।

प्रवक्ताको जवाफमा हाँस्य, व्यंग्य, रिस, आवेगजस्ता मानवीय स्वभावले भरिपूर्ण हुन्छन्। कतिपय अवस्थामा उपस्थित माझ हाँसो पनि फैलिन्छ। कहिले दोहोरो भनाभन नै पर्छ।

प्राय प्रश्नको आफैं उत्तर दिन्छन्, प्रवक्ता। कहिलेकाहीँ भने सम्बन्धित मन्त्रालयका प्रवक्तालाई जवाफ दिन लगाउँछन्। खासगरी कुनै मन्त्रालयसँग सिधै जोडिने विषयमा प्रवक्तालाई नै अघि सार्छन्। पत्रकार सम्मेलनमा प्रायः सबै मन्त्रालयका प्रवक्ताहरु पनि उपस्थित हुन्छन्।

आज पनि नागरिक दैनिक आबद्ध टपेन्द्र कार्कीले प्रवक्तालाई जिज्ञासा राखे– 'राष्ट्रिय अनुसन्धान विभागका दुईजना कर्मचारीलाई हटाइएको र सर्वोच्च अदालतले उनीहरुलाई पुनर्वहाली गरिदिएको कुरा आएको थियो। यस्तैगरी सशस्त्र प्रहरीमा पनि तीन जनाले फाजिलमा रहेपछि राजीनामा दिएका थिए। सर्वोच्चले स्टे अर्डर दिएर जागिरमा पुनर्वहाली गरेपछि सरकारको अवस्था के हुन्छ?'

कार्कीले राखेका जिज्ञासामध्ये राष्ट्रिय अनुसन्धान विभागको विषय अहिले चर्चामा छ।

कार्कीको प्रश्नको उत्तर प्रवक्ता बाँस्कोटाले दिएनन्। उनले भने– प्रश्नको लागि गृहप्रवक्तालाई अनुरोध गर्छु। तर, राअविसँग सम्बन्धित प्रश्नको जवाफ गृहप्रवक्ताले दिने होइन भन्ने प्रवक्ता बाँस्कोटाले ख्याल नै गरेनन्।

त्यसपछि प्रवक्ता बाँस्कोटाले अन्य प्रश्नको उत्तर दिए। अन्तिममा गृहप्रवक्तालाई सोही प्रश्नको उत्तर दिए।

Ncell 2
Ncell 2
nimb
nimb

गृहप्रवक्ताले राष्ट्रिय अनुसन्धान विभागको कुरा आफूले प्रतिनिधित्व गर्ने मन्त्रालय अन्तर्गत नपर्ने बताए।

'राष्ट्रिय अनुसन्धानको दुईजना एआइजी र डिआइजीको पुनर्वहाली भएको सन्दर्भमा अब सरकार के गर्छ भन्ने प्रश्न राख्नुभएको छ। यो राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत पर्छ। अहिले गृह मन्त्रालय अन्तर्गत परेन। त्यसैले यसको बारेमा मैले जवाफ दिन नसक्ने अवस्था देखिन्छ।

मैले यसअघि राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत रहेको आधारमा भन्नुपर्दा, सरकारले के गर्छ भन्ने कुरा सरकारको निर्णय आएपछि थाहा पाइहाल्नुहुन्छ। मैले भन्ने यति नै हो। आधिकारिक हिसाबमाचाहिँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ताले यसको जवाफ दिनुहुन्छ।'

गृहप्रवक्ता बोलिरहँदा सरकारका प्रवक्ता बाँस्कोटा भने मुस्कुराइरहे।

भएको के हो?
सरकारले सोमबारको निर्णयबाट राष्ट्रिय अनुसन्धानका एआईजी यादव रेग्मी र डिआइजी मधु कार्कीलाई एक तह घटुवा गर्ने निर्णय गरेको थियो। तर, सो निर्णयलाई सर्वोच्च अदालतले बुधबार बदर गरेको थियो। सर्वोच्चका न्ययाधीश बमकुमार श्रेष्ठको इजलासले सरकारको उक्त निर्णय बदर गरेको हो।

तर, सर्वोच्चले नै बदर गरिदिएको निर्णय भएकाले होला सोमबारको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा भने सो कुरा सुनाइएको थिएन। पत्रकारलाई बाँडिएको निर्णयको सूचीमा पनि यो विषय समेटिएन।
शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा रेग्मी एआइजीमा बढुवा भएका थिए भने कार्कीलाई वर्तमान ओली सरकारले नै बढुवा गरेको थियो। 

सोमबारको मन्त्रिपरिषद्को बैठकले एआइजी र डिआइजीको दरबन्दी घटाएको भन्दै उनीहरुलाई एकतह घटुवा गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध उनीहरुले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरुको रिटमाथि सर्वोच्चले बुधबार फैसला गरेको हो।

         एआइजी र डिआइजीको पद घटुवा गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

यसरी आयो राअवि प्रधानमन्त्री कार्यालय मातहत
केपी ओली प्रधानमन्त्री बनेको केही दिनमै बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधाननमन्त्री कार्यालय अन्तर्गत ल्याएका थिए।

फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकबाट गृह, अर्थ र समाज कल्याण मन्त्रालयअन्तर्गत रहेका केही ‘पावरफुल’ निकायलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याएका हुन्। सोही अवस्थामा गृह अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत आइपुगेको हो। यी लगायत अन्य धेरै शक्तिशाली निकायहरु अहिले प्रधानमन्त्री कार्यलय अन्तर्गत पर्छन्।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  १८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्