काठमाडौं– सरकारले राष्ट्रिय अनुसन्धानका एआईजी यादव रेग्मी र डीआइजी मधु कार्कीलाई एक तह घटुवा गर्ने सम्बन्धमा गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ।
सर्वोच्चका न्ययाधीश बमकुमार श्रेष्ठको इजलासले सरकारको उक्त निर्णय बदर गरेको हो।
शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा रेग्मी एआइजीमा बढुवा भएका थिए भने कार्कीलाई वर्तमान ओली सरकारले नै बढुवा गरेको थियो।
सोमबारको मन्त्रिपरिषद्को बैठकले एआइजी र डिआइजीको दरबन्दी घटाएको भन्दै उनीहरुलाई एकतह घटुवा गरेको थियो।
सरकारको उक्त निर्णयविरुद्ध उनीहरुले मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।
उनीहरुको रिटमाथि सर्वोच्चले बुधबार फैसला गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।