काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजयी भएकोमा बधाई दिएका छन्।
५४३ लोकसभा सिटमध्ये मोदी नेतृत्वको भारतीय जनता पार्टीले ३ सय ४० भन्दा बढी सिटमा अग्रता लिएको र प्रधानमन्त्री मोदी विजयी भएकोमा ओलीले बधाई दिएका हुन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार बिहीबार अपरान्ह ओली र मोदीबीच टेलिफोन वार्ता भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले ट्विटरमार्फत् जानकारी दिउका छन्।
निर्वाचन जितेसँगै मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।