मियामी (फ्लोरिडा)– संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा इर्माको व्यापक प्रभाव पर्नसक्ने चेतावनी गभर्नरले दिएका छन्।
फ्लोरिडाका गभर्नर रिक स्कटले शुक्रबार राज्यका सम्पूर्ण दुई करोड जनतालाई आँधीबारे सचेत बनाउँदै भने, ‘इर्मा नामक प्रचण्ड आँधीले फ्लोरिडामा प्रत्यक्ष प्रभाव पार्नसक्ने देखिएकोले घरहरू खाली गर्न तयार हुनुहोस्।’
‘घर तथा वस्ती खाली गर्ने आदेशलाई बेवास्ता नगरौँ । यो कुरा ख्याल गर्नुहोस् कि हामी तपाईँको घर बनाइदिन सक्छौँ तर तपाईँको पुनर्जीवन दिन सक्दैनौ । त्यसैले सबै फ्लोरिडाबासी घर खाली गर्न छिट्टै तयार हुनुहोस्’– उनले भने।
फ्रान्सको क्यारेवियन सामुद्रिक क्षेत्रबाट शुरु भएको आँधीका कारण फ्रान्स लगायतका क्षेत्रमा कैयौँ मानिसको मृत्यु भएको छ । रासस/एएफ्पी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।