जनकपुर- हिमालयन बैंक लिमिटेडले जनकपुरधाममा नयाँ शाखा विस्तार गरेको छ। बुधबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शाखाको उद्घाटन गरेका हुन्।
शाखाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले बैंकले उत्पादनमूलक क्षेत्र र उद्योगमा लगानी गर्ने वातावरण निर्माण गर्नेतर्फ ध्यान दिनु जरूरी रहेको बताए।
प्रदेशमा युवाहरूले अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको समस्यालाई दृष्टिगत गरी विदेशमा कमाएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने काममा प्रोत्सान गर्न बैंक समक्ष आग्रह गरेका थिए।
बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यावसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना भएको चर्चा गर्दै बैंकको साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशीलता र सहयोगका लागि आग्रह गरे।
बैँकको यो ५८ औँ शाखा हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।