गोरखा- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका डा बाबुराम भट्टराईको अग्रता कायमै छ। पछिल्लो मत गणना अनुसार ३० हजार ५ सय ४० मत गणना हुँदा डा भट्टराईले १५ हजार ६ सय २१ मत ल्याएका छन् भने माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले १३ हजार १ सय ५५ मत ल्याएका छन्। डा भट्टराईले वाम गठबन्धनका श्रेष्ठभन्दा २४ सय ६६ मतले अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।